दफा २३१
बाटो वा निकासको व्यवस्था हुने गरी बण्डा गर्नु पर्ने

अंशबण्डा गर्दा कुनै अंशियारको भागमा परेको घर वा जग्गामा आउन जानको लागि बाटो वा निकास नहुने भएमा र अन्य अंशियारकोजग्गाबाट निजलाई बाटो वा निकास दिन मिल्ने भएमा सम्बन्धित अंशियारले त्यस्तो घर वा जग्गामा बाटो वा निकास दिनु पर्नेगरी बण्डा गर्नु पर्नेछ ।